शुक्रबार, मंसिर २०, २०८२

कविता: शिक्षक

  • आइतवार, अशोज १९, २०८२
कविता: शिक्षक

पठनपाठनको कर्ममा
सीमित छैन शिक्षक
उज्यालो छर्ने दीप हो शिक्षक
जसको उज्यालो
अनगिन्ती जीवनहरूमा छाएको छ
अँध्यारोमा उज्यालो मार्ग देखाएको छ
हरेक बाल मनमा सपनाहरू रोपेको छ
समाज सजाउने
देश बनाउने
हरेक बोलीमा प्रेरणा हुन्छ
आमाको जस्तै
हरेक आँखामा
सम्भावनाको विगुल फुकाइ
अघि बढ्न उचाल्ने
आफ्नै सपना सस्तो पारेर
भविष्यको नक्सा कोर्ने शिक्षक
मैनबत्ती झैं आफू जलि उज्यालो दिई
ज्ञानको धरोहर हस्तान्तरण गरेको
देख्दैन थकाइ कसैले
गन्दैन त्याग कसैले
निरन्तर लागि रहेको
थाहा छैन कसैलाई
पाठशालाबाटै सुरु हुन्छ
देश बनाउने काम
त्यो आधार नदिए
समृद्धि केवल सपना रहन्छ
त्यसैले,
शिक्षक खम्बा हो
सान हो
मान हो
आशा हो
भरोसा हो
आत्मा हो
जो अमर रहन्छ ।

चर्चामा

सम्बन्धित समाचार