
बाजुरा– बाजुरामा मृत अवस्थामा फेला परेकी महिलाकाे पहिचान खुलेकाे छ ।साेमबार जिल्लाकाे बुढीगंगा नगरपालिका वडा नं ६ स्थित खोलामा बेवारिसे अवस्थामा फेला परेको महिलाकाे पहिचान खुलेकाे हाे ।
मृत फेला परेकी महिला बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी श्रीमती ४५ बर्षकी ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चाैधरीले बताए ।
उनका अनुसार,कालापानीको झुलङ्गे पुल नजिकै उनकाे शव फेला परेकाे थियाे । प्रहरीको टोली करिब पाँच बजे घटनास्थलमा पुगि ७ बजेतिर उक्त शव पाेस्टमार्टमका लागी जिल्ला अस्पताल पठाईएकाे थियाे । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ।
