शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा

सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा

  • मङ्लबार, भदौ १७, २०८२
सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा

बाजुरा– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार