शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • स्वामीकार्तिक ट्याक्टर दुर्घटना अपडेटः एकको मृत्यु, एक जना घाइते

स्वामीकार्तिक ट्याक्टर दुर्घटना अपडेटः एकको मृत्यु, एक जना घाइते

  • बुधबार, साउन २९, २०८२
स्वामीकार्तिक ट्याक्टर दुर्घटना अपडेटः एकको मृत्यु, एक जना घाइते

बाजुरा—बाजुराको पूर्वी उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी वडा नम्बर १ बर्कु बस्ने अन्दाजी २७ का पदम बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ३ जुपु बस्ने अन्दाजी ३५ बर्षका लोकेन्द्र रोकाया घाइते भएका छन् । उनको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।

पिलुचौर साप्पाटा सडक अन्तर्गत कच्ची सडकबाट पिलुचौर आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली त्याँहा पुगेर बुझ्‌दा वडा नम्बर ४ छापु बस्ने अन्दाजी २३ का रबिन्द्र नाथले चलाएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ भने ट्याक्टरको नम्बर खुल्न सकेको छैन् । त्यस्तै ट्याक्टरमा ४ जना सवार रहेकामा चालक र नामथर नखुलेका एक जना फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार