
बाजुरा–बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकामा आज पुजा लागि रहेको छ । शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लागि रहेको छ । त्यस्तै बुढिनन्दामा पुजा शुरु भएको छ ।
बडिमालिकामा पुजा गर्नुका साथै त्यँहा घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।
यो बर्ष यस बिगतका बर्षभन्दा धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका पुगेका छन् । भोली बडिमालिकामा बाट फिर्ता भएर नाटेश्वरीमा पुजा लाग्ने गरेको छ ।


