शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • हिमाली
  • हिमाली जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फ उद्धारको तयारी

हिमाली जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फ उद्धारको तयारी

  • बिहिबार, साउन ९, २०८२
हिमाली जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फ उद्धारको तयारी
फायल फोटो

बाजुरा ८ साउन– हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धारको तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी शितल बहादुर रावलले बताएका छन् ।
बुधबार बिहान क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् ।
घाईतेको उद्धार स्थानिय सडकबाट असम्भब भएपछि हेलिकप्टर मार्फत उद्धारको तयारी भई रहेको जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट मृह मन्त्रालयलाई पत्राचार गरीसकेको र गृहले नेपाली सेनालाई जानकारी गराई सकेको नागरिक उड्यान तथा पर्यटन मन्त्री ब्रदिप्रसाद पाण्डेका स्वकीय सचिव तालबहादुर रावतले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार