
बाजुरा—बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकाया र अन्दाजी ३५ बर्षकी जुनेली रोकाया छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीवार बिहान वडा नम्बर ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बसने अन्दाजी २२ बर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
त्यस्तै, जीपमा सवार १९ जना रहेको र चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भिर छ । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा आउन लागेका उनीहरु दुर्घटनामा परेका हुन् । त्यस्तै प्रहरीका अनुसार घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । घटनास्थलतर्फ हिमाली गाउँपालिकाकाे एम्वुलेन्स समेत पठाइएकाे छ ।
घाइतेहरु :
१. हिमाली गा.पा. २ कोट बस्ने अन्दाजी २२ बर्षका गौरी बुढा (चालक) अवस्था गम्भिर
२. हिमाली ५ क्युडी बस्ने अन्दाजी ३५ की बाचलाल रोकाया (अवस्था गम्भिर)
३. ऐ.ऐ. अन्दाजी २६ का धन सिंह रोकाया (अवस्था गम्भिर)
४. ऐ.ऐ. अन्दाजी ७० बर्षकी भदैरी रोकाया (अवस्था गम्भिर)
५. ऐ.ऐ. अन्दाजी २२ को बाँचधन रोकाया (अवस्था गम्भिर)
६. ऐ.ऐ.अन्दाजी ५० का छते रोकाया (अवस्था मध्यम)
७. ऐ.ऐ.अन्दाजी ४५ का बिर बहादुर बुढा (अवस्था गम्भिर)
८. ऐ.ऐ.अन्दाजी ७० का अम्म रोकाया (अवस्था गम्भिर)
९.ऐ.ऐ.अन्दाजी ४५ का भैजित बुढा (अवस्था गम्भिर)
१०. ऐ.ऐ. अन्दाजी १४ बर्षका दशरथ बुढा (अवस्था गम्भिर)
११. ऐ.ऐ.अन्दाजी १२ की अष्कली बुढा (अवस्था गम्भिर)
१२. ऐ.ऐ. अन्दाजी ५० का राज बहादुर बुढथापा (अवस्था गम्भिर)
१३. ऐ.ऐ. अन्दाजी ८ का साजन रोकाया (अवस्था मध्यम)
१४. ऐ.ऐ. अन्दाजी ५० का रनसुर सुनार (अवस्था गम्भिर)
१५. ऐ.ऐ.बिच्छ्या बस्ने अन्दाजी ३५ का दलबहादुर चदरा (अवस्था मध्यम)
१६. हुम्ला ताजाकोट गा..पा ३ बस्ने अन्दाजी २६ का सुरेन्द्र शाही (अवस्था गम्भिर)
