शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बुढीगंगामा मृत कुकुरमा रेबिज पुष्टि, पालिकाद्धारा पशु चिकित्सक खटाइयो

बुढीगंगामा मृत कुकुरमा रेबिज पुष्टि, पालिकाद्धारा पशु चिकित्सक खटाइयो

  • सोमवार, साउन ६, २०८२
बुढीगंगामा मृत कुकुरमा रेबिज पुष्टि, पालिकाद्धारा पशु चिकित्सक खटाइयो

गौरब विष्ट—बाजुराको बुढीगंगा नगरपालिकामा मृत कुकुरमा रेबिज रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ को बेतालमाण्डौं बजारमा मृत कुकुरमा रेबिज पुष्टि भएको हो ।

नगरपालिकाले मृत कुकुरको स्वाब परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पठाएको थियो । उक्त कुकुरको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले जानकारी दिएका छन् । उनले भने, “केही दिनअघि बेतालमाण्डौंमा एक कुकुर मर्‍यो, त्यसमा रेबिजको आंशकापछि स्वाब परीक्षणका लागि पठायौं र रिर्पोटमा पोजेटिभ देखिएको छ । ”

उनले मृत कुकुरको परीक्षण रिर्पोटमा रेबिज पुष्टि भएको भन्दै त्यससँग सम्बन्धित व्यक्ति तथा पशुचौपायालाई तत्काल खोप लागउन अनुरोध गरेका छन् । नगर प्रमुख बानियाँले उक्त क्षेत्रमा रेबिज परीक्षणका लागि नगरपालिकाले पशु चिकित्सकको टोली समेत खटाइएको बताएका छन् ।

त्यसैगरी, उक्त क्षेत्रमा अन्य भुस्याहा कुकुरमा समेत रेबिजको संक्रमण हुन सक्ने आशंका गरिएको छ । नगरपालिकाले अन्य कुकुरमा समेत रेबिज संक्रमण हुन सक्ने भन्दै त्यसबाट सचेत र सजग रहन स्थानीयबासीलाई आग्रह गरेको छ ।

त्यस्तै रेबिज संक्रमितसँग सम्पर्कमा आएका अन्य कुकुर तथा जनावरको निगरानी थालिएको नगरपालिकाले जनाएको छ । रेबिज रोग अत्यन्तै जोखिम हुने भएकाले कुकुर र अन्य जनावरलाई नियमित खोप लगाउन समेत सबैलाई आग्रह गरिएको छ ।
घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्राय कुकुरको टोकाइबाट मानिसमा सर्छ ।

चर्चामा

सम्बन्धित समाचार