शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • कविता: त्यो डाँडा माथिको घर

कविता: त्यो डाँडा माथिको घर

  • सोमवार, साउन ६, २०८२
कविता: त्यो डाँडा माथिको घर

 

त्यो डाँडा माथि
एउटा घर थियो उहिले,
बिहान चाँडै घाम झुल्किन्थ्यो
एकान्त थियो
दूरसम्म देखिने सपनाहरू आउँथ्ये
कामकाज चल्थ्यो
संवाद हुन्थ्यो
काँचुली फेरेको जस्तो लाग्थ्यो
सारा गाउँलेलाई
मौन भएर हेरिरहेका हुन्थे
जुन घर आज कतै हराएको छ
कसले भत्कायो, किन भत्कायो
कसरी हरायो
त्यसको साक्षी
घरको मालिक, अरू कोही वा इतिहास होला ।
तर,
देखिन्छ केवल मेरो गाउँबाट
बिहानै उठ्दा हुने जिङरिङ्ग कपाल जस्तो
पात झरेको ठिङ्ग्रिङ्ग रूख जस्तो
न त कुनै हरियाली
न त कुनै जीवनको धड्कन
केवल निस्सासिएको रूद्र मौनता उभिए जस्तो
मानौ त्यो किन ठड्याइयो ।

समय न हो
फेर्न त फेरिएकै हो
के फेरियो, को फेरियो,
किन फेरियो,
छाप्न त सक्दैन जस्ता को त्यस्तै
यो रित्तो मथिङगलले
तर,
यति चाहि बोध गर्छ
त्यो घर सुसज्जित होस्
जहाँ जीवनको धड्कन देखियोस् ।

चर्चामा

सम्बन्धित समाचार