शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा एसईई ग्रेडवृद्धि परीक्षाका निःशुल्क तयारी कक्षा सञ्चालन

बुढीगंगामा एसईई ग्रेडवृद्धि परीक्षाका निःशुल्क तयारी कक्षा सञ्चालन

  • शुक्रबार, साउन ३, २०८२
बुढीगंगामा एसईई ग्रेडवृद्धि परीक्षाका निःशुल्क तयारी कक्षा सञ्चालन

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाले एसईई ग्रेडवृद्धि परीक्षाका निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । नगरपालिकाले २०८२ असार १३ गते सार्वजनिक भएको एसईईको नतिजाबाट ग्रेडवृद्धिमा परेका विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको हो ।

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले ग्रेडवृद्धिका लागि तयारी गर्न विद्यार्थीले बाहिरै जानुपर्ने बाध्यता रहेकोले निःशुल्क तयारी कक्षा सञ्चालन गरेको बताए । उनका अनुसार निःशुल्क तयारी कक्षाहरु साउन २ अर्थात आजबाट २८ गतेसम्म सञ्चालन हुने छन् । त्यस्तै उनले हरेक दिन बिहान ७ बजेदेखि फालासैनमा रहेको बडीमालिका क्याम्पसमा निःशुल्क ग्रेडवृद्धिका तयारी कक्षा सञ्चालन हुने बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस बर्षको एसईईको ग्रेडवृद्धि परीक्षा यहीँ साउन २९ गतेबाट सञ्चालन हुनेछ ।

त्यस्तै यस बर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार