शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • त्रिवेणी
  • साउन १ गतेदेखि करार कर्मचारीलाई हाजिर नगर्न त्रिवेणी नगरपालिकाको आग्रह

साउन १ गतेदेखि करार कर्मचारीलाई हाजिर नगर्न त्रिवेणी नगरपालिकाको आग्रह

  • मङ्लबार, असार ३१, २०८२
साउन १ गतेदेखि करार कर्मचारीलाई हाजिर नगर्न त्रिवेणी नगरपालिकाको आग्रह

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाले आगामी साउन १ गतेखि करार कर्मचारीहरुलाई हाजिर नगर्न आग्रह गरेको । नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत चिरन्जीवी प्रसाद शाहद्धारा हस्ताक्षरित सूचनामा नगरपालिका र संघीय सरकारको साझेदारीका कार्यक्रम बाहेकका करार कर्मचारीलाई हाजिर नगर्न । नगराउन हुन भनि आग्रह गरिएको छ ।

हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ प्रमाणीकरण भएर लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् ।

नगरपालिकाले उक्त ऐन बमोजिम करार वा ज्यालादारीमा नियक्त गर्न नपाइने र अति आवश्यक भएमा स्वीकृत दरबन्दीमा कानुन बमोजिम गर्ने उल्लेख भएको जनाएको छ ।

त्यस्तै ऐन अनुसार सहमति नहुन्जेलसम्म २०८२ साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगर्न अनुरोध गरेको छ । गाउँपालिका र नेपाल सरकारको साझेदारीमा सञ्चालित कार्यक्रम बाहेकका करार कर्मचारीहरुलाई नगर्न। नगराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । त्यस्तै कोही कसैले हाजिर गरे वा गराएको पाइएमा स्वयम् जिम्मेवार हुने समेत जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार