शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दाका नगर प्रमुखका स्वकीयले गरे जन्मदिनमा एसईईमा उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग

बुढीनन्दाका नगर प्रमुखका स्वकीयले गरे जन्मदिनमा एसईईमा उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग

  • सोमवार, असार १६, २०८२
बुढीनन्दाका नगर प्रमुखका स्वकीयले गरे जन्मदिनमा एसईईमा उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग

बाजुरा—बाजुराको बुढीनन्दा नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव केशर बोहराले जन्मदिनको अवसरमा विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । उनले आफ्‌नो २८ औं जन्मोत्सवको अवसरमा एसईईमा उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग गरेका हुन् ।

बोहराले पाँच वटा विद्यालयका एसईईमा उत्कृष्ट नतिजा ल्याउने एक एक जना विद्यार्थीलाई सहयोग गरेको बताए । त्यस्तै उनले सम्मान सहित हौसला स्वरुप जन्मदिनको अवसरमा प्रतिविद्यार्थी एक हजार ५ सय ५५ रुपैयाँ सयोग गरेको बताए । उक्त रकम बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत सन्तोष कुमार शाहलाई हस्तान्तरण गरिएको बताएका छन् । त्यस्तै बोहराले जन्मदिनको नाममा हुने फजुल खर्च कटौती गर्दै पुरस्कार स्वरुप विद्यार्थीलाई आर्थिक सहयोग गरेको बताए ।

त्यस्तै गत बर्ष पनि बोहराले जन्मदिनमा बुढिनन्दा ४ भावना आ.वि का विद्यार्थीहरुलाई पढ्दै कमाउदै अभियानमा नगद सहयोग गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार