पुष्ष राेकाया/बाजुरा—बाजुराको हिमाली गाँउपालिका ३ बौडीमा रहेको नेति खोलामा १४ बर्ष सम्म पनि झोलङ्गे पुल निर्माण भएको छैन् । जिल्लाको सर्वाधिक विकटमा रहेको वौडीको नेति खोलामा पुल निर्माण नहुँदा स्थानियलाई आवतजावत गर्न समस्या भएको छ ।
२०६७ सालमा निर्माण शुरु गरेको पुल १४ बर्ष बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र रहेको हिमाली गाँउपालिका ३ का पुर्व वडाअध्यक्ष ध्यान बहादुर रोकायाले वताएका छन् । गरिबि निवारण कोषले २ बर्ष सम्म निर्माण गरिसक्ने गरि सम्झौता गरेको थियो । तर निर्माण शुरु गरेको झोलङ्गे पुल १४ बर्ष सम्म पनि सम्पन्न नभएको तत्कालीन निर्माण समितिका अध्यक्ष रङ्गलाल लुवारले वताए ।
सदरमुकाम मार्तडीमा बाट एक साता लाग्ने त्यो खोलामा झोलङ्गे पुल निर्माणका लागि ४३ लाख २९ हजार ६ सय ६८ रुपैया लागत लाग्ने स्टमेटमा उल्लेख थियो । फेरि त्यो रकम पुल निर्माण हुन नसक्ने भन्दै ५१ लाख ७२ हजारको स्टमेट बनाएको थियो । २५ लाख बढी खर्च भएपनि अब पुल बन्ने कुनै योजना छैन् ।
पुल निर्माण नहुँदा केही पहिला नदि तर्ने वेला स्थानिय नौले रोकायाको मृत्यु भएको थियो । १० बर्ष यता नौले लगायत ३ जनाको मृत्यु भएको छ । बर्षादको समयमा काठेसागु बगाएर आवतजावत बन्द हुन्छ । हिउँदको समयमा पनि काठेसागु बाट खसेर ५ बर्ष यता मात्र १३ जना समेत घाइते भएको स्थानिय अगंलाल रोकायाले वताए । बौडी गाँउको कक्षा ८ सम्म पढाई हुने बिद्यालय नेति खोला भन्दा पारि रहेको छ । पुल नहुँदा बर्षादका चार महिना बिद्यालय बन्द हुने गरेको स्थानिय लाल बहादुर रोकायाले वताए । बच्चाहरु काठेसाँगु तर्ने नसक्ने र आवत जावत गर्न निकै जोखिम हुने भएकाले बिद्यालय बन्द हुने गरेको वताए । पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट वास्ता नभएको उनले वताए ।
झोलङ्गे निर्माणका लागि गरिबि निवारण कोष मार्फत १६ लाख, गाँउपालिका बाट २ लाख, जिल्ला समन्वय समिति बाट १ लाख खर्च गरिसकेको छ । त्यस्तै स्थानियले एक घर बाट ६ हजारका दरले ६ लाख संकलन गरेर समाना खरिद समेत गरेको भएपनि पुल निर्माण कार्य भने अलपत्र अबस्थामा रहेको छ । त्यो रकमले अपुग भएपछि घर बाट संकलन गरयौ, त्यसपछि कतै बाट सहयोग नभएपछि सामान ढुवानी र निर्माणका अलपत्र रहेको निर्माण समिति अध्यक्ष रङ्गलाल लुवारले वताए ।
पहिला सम्झौता गरयो, गरिबि निवारण कोषले थप पैशा नदिना समस्या भएको उनले वताए । सामान खरिद गरेको ७ बर्ष देखी कोल्टि बजारमै अलपत्र रहेको थियो । त्यो बेला पटक पटक पुल निर्माणका लागि गरिबि निवारण कोष जिल्ला विकास समितिलाई आग्रह गर्दा पनि पुल नबनाएको हिमाली गाँउपालिका अध्यक्ष गाबिन्द्र बहादुर मल्लले वताए । खोलामा पुल बनाउनका लागि संघ र प्रदेश सँग समन्वय गरिरहेको वताए ।