शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बुढीगंगाद्धारा अग्नीपीडितका लागि राहत कोष स्थापना, ५ लाख सहयोग

बुढीगंगाद्धारा अग्नीपीडितका लागि राहत कोष स्थापना, ५ लाख सहयोग

  • आइतवार, जेष्ठ २६, २०८२
बुढीगंगाद्धारा अग्नीपीडितका लागि राहत कोष स्थापना, ५ लाख सहयोग

बाजुरा—बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि बुढीगंगा नगरपालिकाले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । आइतवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

नगर प्रमुख रामबहादुर बानियाँले भीषण आगलागीबाट ठूलो धनजनको क्षति व्यहोर्नु परेको भन्दै पीडितहरुका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको बताए । उनले उक्त राहत कोषमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ दिने समेत निर्णय भएको जानकारी दिए ।

शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हुँदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य जारी छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार