
बाजुरा— शुक्रवार बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा आगलागीबाट १९ करोड बढीको क्षति भएको प्राराम्भिक विवरण सार्वजनिक भएको छ । बुढिगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बाँनियाका अनुसार १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँ बराबरको क्षति भएको बताएका छन् ।
पीडित, प्रहरी, नगरपालिका र सरोकारवाला सबैले सहकार्यमा उक्त क्षतिको विवरण सार्वजनिक गरेको नगरप्रमुख बानियाँले बताए। आगलागीबाट ३४ वटा पसल, होटलमा क्षति भएको विवरणमा उल्लेख रहेको छ । जसमा १३ वटा पसल र २ वटा होटल भने जलेर पुर्ण रुपमा क्षति भएका छन् । क्षतिको बुढिगंगा नगरपालिका कार्यपालिकाले अनुमोदन गरेर निर्णय समेत गरेको छ ।
शुक्रवार दिउसो नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएर बाम्का बजारमा रहेका पसलहरु जलेर सखाप भएका हुन् । सडकमै करोडौको व्यापार गरिरहेका व्यापारी क्षणभरमै सबै खरानीमा परिणत भएको थियो । बाम्का बजारमा सडकको तल र माथि गरेर १ सय बढी पसलहरू थिए । अधिकांश पसलहरु टिनको टहरामा रहेका थिए ।
नवदुर्गा होटल सडकको तल्लो तिर रहेको थियो । तल्लो भेगतिरका सबै पसलहरु जलेर सखाप बनका थिए । व्यापारबाट नै गुजेरा गरेको व्यापारी राम बहादुर ऐडीले भने क्षणभरमै भएको सबै सम्पत्ति जलेर खरानि बन्यो, करोडको व्यापार थियो, अहिले सडकमा पुगाएको वताए । उदारो दिएको लेखेको कापी बचेपनि धेरै राहत हुने थियो । साहुको तिर्नु सबै रहयो, तर आफुले उठाउनु पर्ने रकम सबै जलेर खरानीभयो । लाखौ उदारो रकम उठाउनु थियो, सबै प्रमाण नष्ट भएपछि निकै समस्या भएको बताए ।
बाम्का बजारमा व्यवसाय गर्न लागेको बर्षौ भयो, सबै लगानी यसैमा थियो । क्षणभरमै सबै खुशी लुटेर लगेको बडीमालिका जनरल स्टोर तथा आयल जनरल स्टोरका सञ्चालका उद्धब थापाले बताए । शरिरमा लगाएको एकसरो लुगा भन्दा बाहेक केही नभएको उनले बताएका छन् । आगलागि पिडितका लागि सूदुरपश्चिम प्रदेश सरकारले ४० लाख दिने आइतवार निर्णय गरेको छ । भएको सम्पत्ति सबै जलेर सखाप बनायो ।
अहिले टहरा लगाउनलाइ पैसा समेत छैन्, कसरी पुनस्थापना हुने हो होटल व्यवसायी पवन बुढाले बताएका छन् । सरकारबाट व्यवसाय सञ्चालनका लागि राहत उपलब्ध भए निकै सहज हुने उनले वताएका छन् । आगलागी बाट ३४ जनाको उठिबास बनाएको उनले बताएका छन् ।
बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँले भने आगलागीबाट करोडौँको क्षति भएको छ । राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गरिएकाे छ । तिनै तहको सरकार तथा अन्य निकायलाइ सहयोग गर्न आग्रह समेत गरेकाे बताए । बुढिगंगा नगरपालिकाले आगलागी पिडितका लागि राहत कोषकोे स्थापना गर्ने निर्णय गरेको छ । पालिकाले उक्त राहत कोषमा ५ लाख हाल्ने निर्णय गरेको छ ।
आगलागी क्षति बिवरण
१) नेहा एण्ड निशान फैन्सी स्टोर रामचन्द्र गिरी ९,०००००
२) कैलाश हेयर कटिङ कस्मेटीक नन्द मिजार १२,०००००
३) एस आर कस्मेटिक एण्ड किराना पसल शुसिल थापा ५२,४३०००
४) एन्जलस पुस्तक पसल तेज बहादुर बोहरा ५७,४५०००
५) नाटेश्वरी जनरल स्टोर चन्द्र ऐडी ८७,२६२५०
६) अनिल फैन्सी स्टोर धर्म साउद रु १,९५,२४५००
७) राज मोबाइल ग्यालरी मनिराम पाध्या १५,६९०००
८) आशिस सुनचादी पसल अर्जुन सुनार ९६,०००
९) आरके ब्रर्दस जनरल स्टोर दिपक साउद ७३,२८५००
१०) एच.डि.कै इलेक्टेनीक अल पसल प्रतिमा बोहरा ४२,७८९५६
११) एसवी बुढा होटल पवन बुढा २३,७६०००
१२) रोयल सुनचादी पसल मनिस खनाल १३,६७००
१३) रेनुका जुत्ता चप्पल सिलाई सेन्टर सरोज सार्की ६,०००००
१४) कोपिला फेन्सी स्टोर महारुद्र न्यौपानी १६,४५०००
१५) भुपाल थापा किराना पासल ४५००००
१६) नवदुर्गा बसिवियालो फर्निचर तथा होटल २२१६६५००
१७) मष्टामाण्डौ सुनचादी पशल सुनिल बराल ७१४३४८९
१८) आर.वि जनरल स्टोर ..ऐडी १३५२७९५०
१९) एभरेष्ट फेन्सी स्टोर शान्ति साउँद ३८१५००
२०) मातृका प्ेन्सी स्टोर प्रतिभा कटुवाल ३७२५०००
२१) नवदुर्गा बसिबियालो फर्निचर उध्योग तोयानाथ २१०९०००
२२) एलिना फेन्सी स्टोर गोर्कण बहादुर शाही ११५०००
२३) पुस्कार शाह १५६०००
२४) बडिमालिका भोजनालय रंग खड्का ४८२०००
२५) न्यौपाने किराना मदिरा तथा तरकारी फलफुल सप्लार्यस डम्मरा भट्टराई ३०७७३३६७.४९
२६) एन्जीला कस्मेटीक पसल एण्ड जनरल स्टोर छत्र ब. थापा १९६५६००
२७) शंकरमानदेव सुनचादी पशल गोपाल सुनार २४५०००
२८) बिनोद जनरल स्टोर भगत गिरी ४८३०००
२९ पतिक्षा कस्मेटीक एण्ड जनरल स्टोर टिका गिरी ४५०००
३०) बडिमालिका जनरल स्टोर उद्धव थापा अशोक थापा २१६७४७२५
३१) अनिल फेन्सी स्टोर र माया जनरल स्टोर धन बहादुर साउद कोपिला साउद १९५२४५००
३२) बडालेख हार्डवियर एण्ड आणा पसल मन बहादुर नाथ ४६५४९५०
३३) मष्टा फैन्सी स्टोर शेर बहादुर बिष्ट ५६९५०००
३४) मष्टा फेन्सि स्टोर शेर बहादुर बिष्ट ५६९५०००
