शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढीगंगा
  • लागूपदार्थ नियन्त्रण गर्न जनचेतनामूलक अभियान संचालन

लागूपदार्थ नियन्त्रण गर्न जनचेतनामूलक अभियान संचालन

  • शनिबार, जेष्ठ २५, २०८२
लागूपदार्थ नियन्त्रण गर्न जनचेतनामूलक अभियान संचालन

गौरब बिष्ट– जिल्लाको बुढीगंगा नगरपालिकामा लागुपदार्थ नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रम तथा अभियान संचालन गरिएको छ । लागूपदार्थको बढ्दो दुरुपयोगले युवापुस्ताको भविष्यमाथि गम्भीर चुनौती उत्पन्न गरिरहेका बेला, बाजुराको बुडीगंगा नगरपालिकाले युवाहरूलाई नेतृत्वमा राख्दै सशक्त जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

“लागू औषध दुरुपयोग रोकथाम तथा नियन्त्रणका लागि युवा परिचालन“ भन्ने मूल नाराका साथ युवाहरूलाई सामाजिक चेतना फैलाउन सो कार्यक्रमको आयोजना गरिएको बुढीगंगा नगरपालिकाले जनाएको छ । वडा नं. ७ मा सो कार्यक्रम आयोजना गरिएको बुढीगंगा नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा विद्यालयस्तरीय युवा प्रतिनिधिहरू, अभिभावक, शिक्षक, महिला समूहका सदस्यहरू, स्थानीय सामाजिक अभियन्ता र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रममा लागूपदार्थको प्रकार, त्यसका नकारात्मक असरहरू, युवा स्वास्थ्यमा पर्ने प्रभाव, अपराध तथा हिंसामा पर्न सक्ने जोखिम र त्यसको दीर्घकालीन सामाजिक असरबारे विस्तृत जानकारी गराईएको थियो ।

चर्चामा

सम्बन्धित समाचार