शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा निशुल्क आँखा शिविरबाट ६ सय जनाले लिए सेवा

बुढीगंगा नगरपालिकामा निशुल्क आँखा शिविरबाट ६ सय जनाले लिए सेवा

  • बिहिबार, जेष्ठ २३, २०८२
बुढीगंगा नगरपालिकामा निशुल्क आँखा शिविरबाट ६ सय जनाले लिए सेवा

बाजुरा २० जेठ – बुढीगंगा नगरपालिकाको आयोजनामा र गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा संचालिन शिविरबाट ६ सय जनाले सेवा लिएका छन
शिविरको जेठ २० र १० गते बुढीगंगा नगरपालिकाको बाजुरा स्वास्थ्य चौकी टाँटेमा सुरु भएको थियो । परीक्षण पछि मोतिबिन्दु लगायतका समस्या पहिचान भएका १ सय ४२ जनाको सफल शल्यक्रिया (अप्रेसन) गरिएको छ भने बाकी ४ सय ५८ जनाको सामान्य उपचार पछि आँखा सुरक्षित राख्न अपउनाउन पर्ने बिधि जानकारी गराएर पठाएको आयोजकले जानकारी दिएको छ ।
दुई दिनसम्म संचालन भएको शिविरमा बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, खप्तड छेडेदह गाउपालिका लगाएका क्षेत्रहरूबाट पनि सेवा लिएका बाजुरा स्वास्थ्य चौकी टाँटेका प्रमुख छत्र थापाले बताए । विशेष गरी बृद्धबृद्धा र दृष्टि सम्बन्धी समस्याबाट पीडित व्यक्तिलाई राहात पुगेको छ ।
शिविर समापन कायर्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले शिविरमा सहयोग गर्ने गेटा आखा अस्पतालको टिमलाई धन्यबाद दिनुका साथै आगामी दिनहरुमा सहयोग र सहकार्यको समेत अपेक्षा ब्यक्त गरेका थिए । नगरप्रमुख बाँनियाले नगरबासीको स्वास्थ्य जीवन गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो प्राथमिकता हो, नगरबासीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दे नगरपालिकाको बार्षिक कार्ययोजना मार्फत स्वास्थ्य, कृषि, पशु लगाएका शिविर संचालन गरि रहेको बताए ।
बुढीगंगा नगरपालिकाको बाजुरा स्वास्थ्य चौकीमा संचालन भएको २ दिने निशुल्क स्वास्थ्य आँखा शिविर समापन कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी प्रमुख छत्र थापाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाले गरेको थियो ।
शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोली, गेटा आँखा अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरू, स्थानीय स्वयंसेवक र नगरपालिकाको समन्वयमा सेवा प्रदान भइरहेको बाजुरा स्वास्थ्य प्रमुख छत्र थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार