शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराकी गम्भिर घाइते महिलाको मृत्यु, बम पड्केको आशंका

बाजुराकी गम्भिर घाइते महिलाको मृत्यु, बम पड्केको आशंका

  • शुक्रबार, बैशाख २६, २०८२
बाजुराकी गम्भिर घाइते महिलाको मृत्यु, बम पड्केको आशंका

बाजुरा—बाजुराको बुढीनन्दा नगरपालिका ७ सेरकाटियाकी घाइते महिलाको मृत्यु भएको छ । गम्भिर घाइते काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो ।

जंगलमा घाँस काट्न गएकी काली जोशीलाई स्थानीयले घाइते अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि कोल्टी अस्पतालमा पुर्याएको थियो । उनको शुक्रवार दिउँसो सवा १२ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर रञ्जित शाहले बडीमालिका खबरलाई बताएका छन् । उनको छातिमा घाउका कारणले अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको डाक्टर शाहले बताए ।

शाहका अनुसार हेर्दा खेरि बम वा बन्दुक पड्केको हो एकिन हुन नसकेको बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा राखिएको छ ।

घटनास्थल नजिक रहेका स्थानियको भनाई अनुसार बम पड्केको जस्तै ठुृलो आवाज सुनिएको थियो । मृतक महिलाको पाखुरा र छाती छेदबिच्छेद भएको स्थानियले बताएका छन् ।

स्थानियका अनुसार घटना भएको ठाउँबाट महिला धेरै तल परेको अवस्थामा फेला पारेको बताएका छन । सो ठाउँमा बम पड्केको जस्तै आवाज आएको स्थानियहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ गएको जनाएको छ । घटना के कसरी भएको एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार