शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुराको विकासमा तीनै तहका सरकारले गम्भिर रुपमा लिनुपर्छः पदम गिरी

बाजुराको विकासमा तीनै तहका सरकारले गम्भिर रुपमा लिनुपर्छः पदम गिरी

  • शनिबार, बैशाख ६, २०८२
बाजुराको विकासमा तीनै तहका सरकारले गम्भिर रुपमा लिनुपर्छः पदम गिरी

बाजुरा—नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री पदम गिरीले बाजुराको विकासका लागि तीन वटै तहका सरकारले गम्भिर रुपमा लिनुपर्ने बताएका छन् । शनिवार मार्तडी बडीमालिका नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् ।

उनले बाजुरा ठूलो सम्भावना बोकेको क्षेत्र भएको भन्दै राज्यले यसलाई जति महत्वका साथ यो पछाडि पारिएको क्षेत्र अगाडि ल्याउन ध्यान दिनुपनर्थ्यो त्यति हुन नसकको बताए । त्यस्तै नेता गिरीले भने, “बाजुरामा पूर्वाधारको विकास भएको छ, यसलाई व्यवस्थित बनाउनुपर्ने देखिन्छ र गुणस्तरीय शिक्षा, स्वास्थ्यलाई मुख्य प्राथमिकता राखेर विकास गर्न सके ठूलो आर्थिक फड्को मार्ने देखिन्छ ।”

यस्तै सांसद गिरीले जिल्लाका बडीमालिका, बढीनन्दा जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना बनाएर विकासका गर्न सके देशकै ठूलो आर्थिक गतिशिलता प्रदान गर्ने बताए । जिल्लाको समग्र विकासका लागि आफूले पनि सम्बन्धित निकायमा पहल कदमी गर्ने सांसद गिरीले प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै सांसद गिरीले अहिले कांग्रेस एमाले सरकार बनेपछि सबै क्षेत्रमा सुधारको संकेत देखिएको दावि गरेका छन् । बर्तमान सरकारले राजनीतिक स्थायीत्व, देशको अर्थतन्त्र चलायमान र सुधार गर्दै मुलुकलाई सुशासन र समृद्धिको यात्रातर्फ उन्मुख गराइ रहेको बताए ।

बडीमािलका नगरपालिका ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सांसद गिरी सहित स्याङजाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई नगरपालिका सहित पार्टीका जनसङगठनहरुले स्वागत सहित मायाको चिनो प्रदान गरेका हुन

चर्चामा

सम्बन्धित समाचार