शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

कोल्टीमा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

  • शुक्रबार, बैशाख ५, २०८२
कोल्टीमा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

बाजुरा —बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो ।

मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको सहप्रर्वद्धनमा उक्त महोत्सव सूरु भएको महोत्सव मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश कार्कीले बताएका छन् ।

महोत्सवको एक औपचारिक उद्घाटन पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गरेका छन् ।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सूरु भएको महोत्सवको प्रमुख अतिथि पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले रहेका छन् । त्यस्तै विशिष्ट अतिथि प्रदेश सभा (क) का पूर्व प्रदेश सभा सदस्य बलदेव रेग्मी रहेका छन् ।

त्यस्तै अतिथिमा बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा, जगन्नाथ गाउँपालिकाकी उपाध्यक्ष मरुकला विष्ट लगायत विभिन्न पार्टीका प्रमुख एंव प्रतिनिधिहरु रहेका छन् ।

महोत्सवको उद्धघाटन् समारोहको कलाकार मनबहादुर रोकाया र बुढीनन्दा नगरपालिकाका संगित प्रशिक्षक संगित सुनारले संचालन गरेका थिए ।

महोत्सव अवधिभर पुर्विउत्तरी क्षेत्रका स्थानीय रैथाने बालीको प्रर्वद्धन, स्थानीय कला संस्कृति झल्किने विभिन्न मागल, चाँचर, भुवाचाली, हुड्के नाथ, झाँकी, देउडा मागल लगायत प्रर्दशन गरिने भएका छन् । साथै महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति दिने भएका छन् ।

धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको बुढीनन्दा क्षेत्रको पर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ आजबाट सूरु भएको महोत्सव बैशाख १५ गतेसम्म संचालन हुनेछ । नागरिक रैबार

चर्चामा

सम्बन्धित समाचार