बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराको बड्डीगाड खोलामा निर्माण भएको बेलिबृज सञ्चालनमा

बाजुराको बड्डीगाड खोलामा निर्माण भएको बेलिबृज सञ्चालनमा

  • सोमवार, फाल्गुन १९, २०८१
सेयर गर्नुहोस् :
बाजुराको बड्डीगाड खोलामा निर्माण भएको बेलिबृज सञ्चालनमा

बाजुरा—कर्णाली करिडोर सडकखण्ड अन्तर्गत बाजुराको पूर्वीउत्तरी भेगको बड्डीगाड खोलामा निर्माण भएको बेलिबृज सञ्चालनमा आएको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डीगाड खोलामा ४८ दशमलव ८ मिटर लामो बेलिबृजको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको हो ।

बड्डीगाड खोलामा बेलिबृज निर्माण भएसँगै अहिले उक्त बेलिबृजबाटै सवारी साधन आवतजावत गरिरहेका छन् । उक्त बेलिबृजको भार क्षमता २० टन रहेको छ ।

बड्डीगाड खोलामा सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– सरिसल्ला सडक योजना कोल्टी बाजुराको २ करोड ३४ लाख ९७ हजार ६ सय ९९ रुपैयाँ लागतमा बेलिबृज निर्माण गरेको छ । बेलिब्रिजको सामान बाहेक ढुवानी र निर्माणका लागि ठेक्का भएको थियो । बेलिब्रिजको सामान भने सडक डिभिजन कार्यलय नेपालगञ्जबाट ल्याइएको हो ।

खुलालु– सरिसल्ला सडक योजना कोल्टीका अनुसार २०८१ बैशाखमा अजनेपनी जेभी काठमाडौंसँग १ करोड ९९ लाख २७ हजार १२ रुपैयाँमा २०८१ मंसिर ३० मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले २०८१ माघ महिनामै उक्त खोलामा बेलिबृज निर्माण गरेर यातायात सञ्चालन हुन थालेको जनाएको छ ।

कर्णाली करिडोर सडकखण्डमा रहेको उक्त खोलामा पुल नहुँदा वर्षातको समयमा जोखिमपूर्ण अवस्थामा सवारी साधान आवतजावत गर्नुपर्ने बाध्यताले यातायात व्यवसायी तथा यात्रुहरुले सास्ती खेप्दै आएका थिए । तर अहिले उक्त खोलामा बेलिबृज निर्माण भएसँगै सहज रुपमा यातायात सेवा सञ्चालन भइरहेको यातायात व्यवसायीहरु बताउँछन् । यसअघि पुल नहुँदा बाह्रैमास खोलाबाटै सवारी साधन वारपार गर्नुपर्ने अवस्था थियो भने अहिले बेलिबृज निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको उनीहरुको भनाई रहेको छ ।

बेलिब्रिज निर्माण भएसँगै बर्षातको समयमा पनि बाजुरा, हुम्ला, मुगुमा नियमित रुपमा यातायात सञ्चालन हुने देखिन्छ । उक्त खोलामा बेलिबृज निर्माण भएपछि सामान ढुवानीसँगै आवतजावतमा समेत निकै सहयोग हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार