बाजुरा—यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट ३ हजार बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसईईमा जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी ३ हजार १७ विद्यार्थी सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सोमवार एसईईमा सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
शिक्षा इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसईई परीक्षामा साधारणतर्फ नियमित २ हजार २ सय १५ र ग्रेडवृद्धिका ६ सय ४२ विद्यार्थी सहभागी हुदैँ छन् । त्यस्तै प्राविधिक धारतर्फ १ सय २ नियमित र ३३ जना ग्रेडवृद्धिका सहभागी हुने छन् । इकाई प्रमुख जोशीले जिल्लाका ९ वटै पालिकाका १७ वटा विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिएको जानकारी दिएका छन् । उनका अनुसार १५ वटा परीक्षा केन्द्रबाट गत बर्षका ग्रेडवृद्धि तथा यस बर्षका नियमित विद्यार्थी परीक्षा दिने छन् भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि बालमन्दीर आधारभूत विद्यालय मार्तडी परीक्षा केन्द्र (क) तोकिएको छ ।
त्यस्तै शिक्षा इकाईले जारी गरेको सूचनाअनुसार २०७८ र ०७९ मा नियमित एसइईमा सहभागी भई २०८१ मा ग्रेडवृद्धितर्फ पुराना प्रश्नपत्रको परीक्षा दिने २५ विद्यार्थी छन् । तिनीहरु रहेका जिल्लाका १६ वटा विद्यालयका लागि बालमन्दीर आधारभूत विद्यालय मार्तडी परीक्षा केन्द्र (ख) तोकिएको जनाएको छ ।
हेर्नुहाेस् परीक्षा केन्द्रहरु ।
याे पनि