बाजुरा—जिल्ला प्रहरी कार्यालय बाजुरा र ट्राफिक कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ट्राफिक सचेतना दिइएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजना र जिल्ला ट्राफिक कार्यालय बाजुराको समन्वयमा प्रहरी कर्मचारीहरुलाई ट्राफिक सचेतना दिइएको हो ।
दिनप्रतिदिन बढ्दो सवारी दुर्घटनामा नेपाल प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु नै प्रभावित हुने गरेको भन्दै ट्राफिक सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
सवारी दुर्घटनामा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको मृत्यु, घाईते र अंगभंग भएर काम कारबाहीमा प्रत्यक्ष असर परि रहेको भन्दै सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक बहादुर बोहराले बताएका छन् । उनका अनुसारका जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरुलाई अभिमुखिकरण दिइएको हो ।