• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश सांसद शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ सञ्चालन गर्दै

सुदूरपश्चिम प्रदेश सांसद शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ सञ्चालन गर्दै

  • मङ्लबार, पुस १६, २०८१
सुदूरपश्चिम प्रदेश सांसद शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ सञ्चालन गर्दै

बाजुरा— सुदूरपश्चिम प्रदेश सभा सदस्य नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ सञ्चालन गर्ने भएका छन् । राज्यले सुदूरपश्चिम प्रदेशलाई विभेद गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य नरेश शाहीको नेतृत्वमा ‘स्वाभिमान सुदूरपश्चिम’ नामक अभियान सुरु गर्ने तयारी गरिएको हाे। उनी बाजुरा जिल्ला निर्वाचन क्षेत्र बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

शाहीले प्रदेशमा रहेका विभिन्न पार्टीका नेता कार्यकर्ता, स्वतन्त्र व्यक्ति, नागरिक समाज तथा समाजका प्रबुद्ध व्यक्तिहरूसँगको निरन्तर छलफलपछि स्वाभिमान सुदूरपश्चिम अभियान सुरु गर्ने तयारी गरेका छन्। स्वाभिमान सुदूरपश्चिम नामक अभियानमा सुदूरपश्चिमलाई विशेष प्रदेशको माग गरिएको छ।

विशेषाधिकारसहित क्षतिपूर्ति दिइनुपर्ने, आर्थिक उत्पादनबाट रोजगारी सृजना गर्न लगानी प्रवद्र्धन गरी गरिबी निवारण गर्नुपर्ने, स्रोतको बाँडफाँटमा सुदूरपश्चिमले आफ्नो हिस्सा पाउनुपर्ने, राजनीतिक नियुक्तिमा प्रदेशको सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखिएको छ। शाहीकै नेतृत्वमा अभियानको मूल समिति तयार गरिएको छ। सुदूरपश्चिम प्रदेशका विषयलाई लिएर नयाँ अभियान थाल्ने तयारी गरे पनि अहिल्यै राजनीतिक पार्टीको रुपमा अगाडि बढाउने लक्ष्य नरहेको उनले बताए।

सांसद शाहीले अभियानमा स्वआबद्धताका लागि स्वतन्त्र, सचेत युवा आह्वान समेत गरेका छन्। सुदूरपश्चिमका ९ वटै जिल्ला र सबै पालिकामा अभियानको संगठन विस्तार गरेर निरन्तर सुदूरका मुद्दा उठान गरिने सांसद शाहीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार