• होमपेज
  • समाज
  • बुढीगंगा नगरपालिका ४ बानेगाउँवासी सिँचाइ सुविधाको पहुँचमा

बुढीगंगा नगरपालिका ४ बानेगाउँवासी सिँचाइ सुविधाको पहुँचमा

बार्जुगाड खोलाको पानी लिएर सिँचाइ ट्‌याङकी निर्माण

  • मङ्लबार, पुस ९, २०८१
बुढीगंगा नगरपालिका ४ बानेगाउँवासी सिँचाइ सुविधाको पहुँचमा

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ बानेगाउँवासी सिँचाइ सुविधाको पहुँचमा पुगेका छन् । बार्जुगाड खोलाको पानी बानेगाउँमा पुगाएर लिफ्ट सिँचाइ ट्‌याङकी निर्माण गरेपछि स्थानीयहरु सिचाइको सुविधामा पुगेको नगरपालिकाले जनाएको छ । सोमवार एक औपचारिक कार्यक्रमका बिच लिफ्ट सिँचाइ योजनाको उद्‌घाटन नगर प्रमुख राम बहादुर बानियाँले गरेका छन् ।

कृषि खाद्य प्रणालीको लागि नविकरणीय उर्जा कार्यक्रमको ९० प्रतिशत र बुढीगंगा नगरपालिकाको १० प्रतिशत लगानीमा बार्जुगाड खोलाको पानी बानेगाउँमा पुगाएर सिँचाइ योजना सम्पन्न भएको हो ।

नगरप्रमुख राम बहादुर बानियाँले बार्जुगाड खोलाबाट एक हजार ४ सय ६३ मिटर लम्वाइ र ३ सय १८ मिटर हेडबाट बानेगाउँमा करिब ७० हजार लिटर पानी भण्डार हुने लिफ्ट सिँचाइ ट्‌याङकी निर्माण गरिएको बताएका छन् । उनका अनुसार लिफ्ट सिँचाइ योजनाको काम सम्पन्न भएर बानेगाउँ क्षेत्रमा पानी पुगेपछि हिउँदेवाली तथा तरकारी खेति गर्न स्थानीयहरुलाई राहत हुने भएको छ ।

No description available.

नगर उपप्रमुख माया कुवर खड्‌काले बानेगाउँबासीलाई सिचाइको सुविधामा पुगाउनका लागि नगरपालिकाको लामो समयदेखिको पहलपछि सिँचाई योजना सम्पन्न भएको बताइन् ।

त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीले बानेगाउँमा बार्जुगाडको पानी पुगेपछि अहिले ३ वटा महिला समूहबाट सामुहिक रुपमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरि रहेका छन् ।

गाउँमा सिँचाइको सुविधा नहुँदा यसअघि हिउँदेवाली तथा तरकारी उत्पादन गर्न नसकेका स्थानीयहरु अहिले प्रशस्त सिँचाइ सुविधा पुगेपछि खुसी भएका छन् ।

रीराज संस्थालाई बाजुराका ७ पालिकामा कृषि उत्पादकत्व र दिगो खाद्य प्रणालीको स्थापनाका लागि स्थानीय आवश्यकता अनुसारको उर्जा, वित्त र आधुनिक प्रविधिमा पहुँचमा टेवा पुर्याउने उदेशयले विभिन्न आयोजना सञ्चालन गर्दै आएको जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार