• होमपेज
  • समाज
  • बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पिडितलाई राहत तथा पुर्नस्थापनाका कार्यक्रम लागू गरिने

बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पिडितलाई राहत तथा पुर्नस्थापनाका कार्यक्रम लागू गरिने

प्रदेशमा रिक्त राजनीतिक नियुक्ति सहमतिमै टुंग्याइने

  • सोमवार, पुस ८, २०८१
बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पिडितलाई राहत तथा पुर्नस्थापनाका कार्यक्रम लागू गरिने

बाजुरा —पुस ६ गते शनिवार बिहान बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूलाई राहत तथा पुर्नस्थापनाका कार्यक्रम लागू गर्ने निर्णय भएको छ । आइतवार सुदूरपश्चिम प्रदेश सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको सुदूरपश्चिमस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूकम्पबाट प्रभावितहरुका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुर्नस्थापनाका कार्यक्रम लागू गर्ने निर्णय हो ।

भूकम्पका कारण मानविय क्षति नभए पनि बाजुरा सहित अन्य जिल्लाहरुका विभिन्न स्थानमा दर्जनाै बढी घरहरुमा भौतिक क्षति भएको छ ।

त्यस्तै नेकपा एमाले सचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुंग्याउने निर्णय गरेको जनाएको छ । त्यसै गरी बैठकमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यथाशीघ्र गतिविधि अगाडि बढाउने समेत निर्णय गरेको छ ।

कांग्रेस-एमालेको प्रदेशस्तरीय संयन्त्रको पहिलो बैठकको अध्यक्षता एमाले सचिव भट्टले गरेका थिए । संयन्त्रको बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह र एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायत सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार