बाजुरा– बुढिगंगा नगरपालिका वडा न ८ मोटाबाडाका ६ बर्षिया आवास सुनार साहाराको खोजीमा छन् । आवासका बुवा शेर बहादुर सुनार ४ बर्ष पहिला परिवार पाल्न खर्च जुटाउन भन्दै भारत गएका र २ बर्ष देखी बेपत्ता र आमाले अर्काे बिहे गरेपछी उनि साहारा बिहिन भएका हुन । उनकि आमा निशा सुनार श्रीमान घर नआएको र परिवारको सम्पर्कमा नआएपछी ६ बर्षिया आवासलाई छोडेर ५ महिना पहिले अर्को बिहे गरेर गइन ।
आवास हाल बुढि बज्यैको साहारामा रहेको गिरिखेल्ने आधारभुत बिध्यालयका प्राधानाध्यापक प्रकाश नाथले बताए । आवास पढाईमा राम्रो छन तर उनि कहिले कापी नपाएर बिध्यालय नआउने कहिले कलम नभएर बिध्यालय नआउने भएपछि उनको भबिस्य बिग्रीने अवस्था रहेकाे प्राधानाध्यापक नाथले चिन्ता ब्यक्त गरे ।
उनी साहारा बिहिन बनेपछी शिक्षकहरुले कहिले कापी डटपेन किनीदिने र कुनै निकायले बिध्यालयमा सहयोग गर्दा उनलाई नछुटाई सहयोग गरेपनी यसपछिका दिनमा कसरी पढाउने भन्ने चिन्ता भएको प्रधानाध्यापक नाथले बताए । आवास हाल घरमा एक्ली बुढि बज्यैको साहारामा छन । बज्यैको उमेर ढल्किदै गएपछी उनको पठनपाठन त टाढाको कुरा भयो के खाने भन्ने छिमेकीहरुले चिन्ता ब्यक्त गर्ने गरेका छन ।
बुवा ब्यपत्ता भए र आमाले पनि उनलाई छोडेर अर्कैसंग बिबाह गरेर गएपछी आवास साहारा बिहीन बनेको बुढिगंगा नगरपालिका वडा न ८ का वडाअध्यक्ष रमेश रावलले बताए । हाल उनि बुढि बज्यैको साहारामा रहेका भए पनि आर्थिक श्रोत नुहदा पठन पाठन देखी खान बस्न समस्या रहेको वडाअध्यक्ष रावलले बताए ।
पारीवारीक अवस्था कमजोर भएका कारण उनले बिद्यालय समेत जान नसक्ने अबस्गा रहेको वडाअध्यक्ष रावलको भनाई रहेको छ । सहारा दिने अभिभावक र सहयोग गर्ने आफन्त नहुँदा आवास सुनार बिचल्लीमा परेका छन् । ‘बस्ने घर पनि छैन । काम गरि खाने उमेर पनि छैन’ आवास भन्छन, ‘मेरो कोही छैन ।
कहाँ जाने केही थाहा छैन ।’ आफू ४ बषको हुँदा बुवा बेपत्ता भए आमा अर्को बिहे गरेर जानुभयो आफुलाई आमाबुवाको माया त के हो थाहा पनि छैन बज्यै नभएको भए म पनि कहा हुने थिए उनि बताउछन ।