बिहिबार, मंसिर २७, २०८१
  • होमपेज
  • राजनीति
  • जनप्रतिनीधिले अर्को चुनाव र कर्मचारीले नेतासँग डराउँनु हुदैन– मन्त्री पाण्डे

जनप्रतिनीधिले अर्को चुनाव र कर्मचारीले नेतासँग डराउँनु हुदैन– मन्त्री पाण्डे

  • मङ्लबार, मंसिर २५, २०८१
जनप्रतिनीधिले अर्को चुनाव र कर्मचारीले नेतासँग डराउँनु हुदैन– मन्त्री पाण्डे

बाजुरा —संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय तहका जनप्रतिनीधिहरुले अर्को चुनाव देखि र कर्मचारीले नेतासँग डराउँन नहुने बताएका छन् । जिल्ला भ्रमणको क्रममा मंगलबार बाजुरा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले जनप्रतिनीधिले अर्को चुनाव र कर्मचारी नेतासँग डराउने प्रवृति देखिएको बताएका छन् ।

उनले भने,“ जनप्रतिनीधि चुनाव देखि डराउने अनि कर्मचारी जति नेतासँग डराउने अनि सबै काम हुन्छ भन्दा केहि काम नहुने अहिले व्यहोरी रहेको व्यथा यहिँ नै हो ।” जनप्रतिनीधिले अर्को चुनावदेखि डराएर उचित निणर्य गर्न सकेन भने गलत निणर्यले जनताले धोका पाउने गरेको बताए ।

त्यस्तै मन्त्री पाण्डेले नेताहरुले पनि अर्को चुनावको चिन्ता नगरी नागरिक तथा देशको चिन्ता गरेर यो काम हुन्छ, यो काम हुदैन भन्ने संस्कार बसाल्न जरुरी रहेको बताए । बाजुरा जिल्ला सबै हिसावले पछाडि परेको भन्दै यसलाई कसरी माथि उठाउन सकिन्छ भनेर आफूले निरन्तर पहल गरिरहेको बताए ।

बर्षौदेखि बढीगंगाको जडांगामा थन्किएको बेलिबृजको विषयमा मन्त्री पाण्डेले प्रक्रियामै अल्झिरहेकाले यसले परिमाण निम्त्याउन कति जटिलता हुन्छ भन्ने उदाहरण बेलिवृज बनेको बताए । तत्काल बेलिवृजको समस्या समाधानका लागि आफूले पनि सम्बन्धित निकायमा पहल गर्न बताए । मन्त्री पाण्डेले कार्यालयका समस्या लिखित रुपमै आफूलाई उपलब्ध गराउन आग्रह गर्दै समस्यालाई सुचिबद्ध गरेर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै देशको अर्थतन्त्र मजबुद, राजश्व वृद्धि, चालु खर्च कसरी घटाउने, पुँजी खर्च कसरी बढाउने भन्ने विषयमा अनेक प्रयास भइरहेको मन्त्री पाण्डेले बताए । मन्त्री पाण्डेले अहिले कांग्रेस एमाले दुई ठुला दल मिल्नुको पछाडि पनि देशको यहिँ सकसलाई देखेर ठूला दल मिलेको बताए । त्यस्तै कांग्रेस र एमाले मिलेर अन्य सबै दललाई समेत सँगै लिएर देशको अर्थतन्त्र सुधार, राजनीतिक स्थायित्व र सुशासन प्रत्याभूति गराउने उदेश्यले गठबन्धन बनेको मन्त्री पाण्डेले दावि गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार