• होमपेज
  • बडिमालिका
  • बाजुरा स्कार्पियो दुर्घटना अपडेट : थप १ काे मृत्यू मृतककाे सख्या २ पुग्याे

बाजुरा स्कार्पियो दुर्घटना अपडेट : थप १ काे मृत्यू मृतककाे सख्या २ पुग्याे

  • आइतवार, मंसिर २३, २०८१
बाजुरा स्कार्पियो दुर्घटना अपडेट : थप १ काे मृत्यू मृतककाे सख्या २ पुग्याे

बाजुरा–  सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटनामा परि थप एक महिलाकाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्टकाे मृत्यु भएकाे छ । याे स‌गै मृत्यू हुनेकाे सख्या दुइ पुगेकाे छ ।  एक जनाकाे घटनास्थलमै मृत्यू भएका थियाे । कन्चनपुर जिल्ला घर भएका अन्दाजि ३१ वर्षया गायत्री पन्तकाे घटना स्थलमा मृत्यू   भएकाे प्रहरीले जनाएकाे छ ।

  त्यस्तै दुर्घटनामा परेर  घाइते हुनेमा  गाैमुल गाउँपालिकाका  २५ वर्षिया रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, र कृष्णपुर नगरपालिका ५ का मोहनदेव भट्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपिरक्षक दिलिप गिरीले बताए । घाइतेकाे  जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे उनले बताएका छन । आईतबार दिउसाे सु.प.प्र. ०१००१च ४३१६ गाडी बडीमालिका नगरपालिका ८ काे अपि हाेटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार