सोमवार, मंसिर १७, २०८१
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • बाजुराको स्वामिकार्तिकमा मतपेटीका गणना स्थल ल्याउने क्रम जारी

बाजुराको स्वामिकार्तिकमा मतपेटीका गणना स्थल ल्याउने क्रम जारी

  • आइतवार, मंसिर १६, २०८१
बाजुराको स्वामिकार्तिकमा   मतपेटीका गणना स्थल ल्याउने क्रम जारी

बाजुरा– स्वामिकार्तिकखापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सकिए स‌गै मदपेटीकाहरु गणना स्थल ल्याउने क्रम जारी रहेकाे छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएकाे मतदान साँझ ५ बजे सम्पन्न भएर मतपेटीका मतगणना स्थल लयाउने क्रम जारी रहेकाे हाे ।   सबै मतदान स्थलबाट मतपेटीका गणना स्थल सुईजिउला वाईमा लगिने तयारी गरिएको मुख्य निर्बाचन अधिकृतकाे कार्यालय स्वामिकार्तिकले जनाएकाे छ ।

रातीनै मतपेटीका पालिका पुर्याएर गणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ । पालिकाको ५ वटा वडाका ८ वटा मतदान केन्द्रमा शान्तिपूर्वक मतदान कार्य सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । प्रत्येक नागरिकले लाइनमै लागेर आफ्नो मतको आफैले प्रयोग गर्ने वातावरणमा निर्वाचन सकिएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकामा ५२.३१ प्रतिशत मत खसेको छ ।  कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ मा ८ सय ९०, २ मा ७ सय २२, ३ मा १ हजार ६८, ४ मा ७ सय ७८ र ५ मा ४ सय ७० मत खसेको बताइएको छ ।

पालिकामा उपाध्यक्षका लागि तीन जना बीच प्रतिस्पर्धा छ । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र नेकपा एकीकृत समाजवादीबाट जवा शाहीको उम्मेदवारी छ । नेकपा माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारी फिर्ता लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार