बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • बाजुराकाे स्वामिकार्तिकमा हुने उपनिर्वाचनको तयारी पुरा

बाजुराकाे स्वामिकार्तिकमा हुने उपनिर्वाचनको तयारी पुरा

  • शनिबार, मंसिर १५, २०८१
सेयर गर्नुहोस् :
बाजुराकाे स्वामिकार्तिकमा हुने  उपनिर्वाचनको तयारी पुरा

बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष  पदका लागि हुन गइरहेको उपनिर्वाचनको सबै तयारी भएको छ। मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्वामिकार्तिकका अनुसार भोलि (आइतबार) विहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सबै तयारी भइसकेको जनाएकाे छ।

 उपाध्यक्षका  लागि हुने उपनिर्वाचनका लागि कर्मचारी खटाउनेदेखि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। उपनिर्वाचनका लागि ९ वटा मतदान केन्द्र तोकिएको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदाता संख्या ७ हजार ६० छन्।

सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन्।  जसमा  उपाध्यक्ष पदका लागि एमालेबाट सुलोचनाकुमारी भण्डारी,नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र  एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन्।

चर्चामा

सम्बन्धित समाचार