• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • जिल्ला प्रशासन कार्यालय बाजुरामा हुलाक काउन्टर स्थापना

जिल्ला प्रशासन कार्यालय बाजुरामा हुलाक काउन्टर स्थापना

  • आइतवार, मंसिर ९, २०८१
जिल्ला प्रशासन कार्यालय बाजुरामा हुलाक काउन्टर स्थापना

बाजुरा —जिल्ला प्रशासन कार्यालय बाजुरामा हुलाक काउन्टर स्थापना गरिएको छ । करिब एक बर्षसम्म जिल्ला हुलाक कार्यालयका कर्मचारी प्रशासनमा राखेर हुलाक टिकट वितरण गर्दै आएकोमा अहिले प्रशासन कार्यालयमै काउन्टर स्थापना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सेवा प्रवाहलाई सहज, सरल र छिटोछरितो बनाउन तथा सेवाग्राहीलाई झन्झट नहुने किसिमले सेवा सुरु गरिएको बताएका छन् । उनका अनुसार प्रशासनमा सेवाग्राहीहरुलाई सहजमा हुलाक टिकट दिन एक जना कर्मचारी राखेर विधिवत् रुपमा हुलाक काउन्टर स्थापना गरिएको छ । प्रशासनमै निःशुल्क रुपमा हुलाक टिकटको व्यवस्थाले सेवाग्राहीको समय पनि बचत हुने र कार्यालयको सेवा समेत पारदर्शी हुने प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

जिल्ला प्रशासनले लामो समयदेखि कार्यालयमै निःशुल्क हुलाक टिकट उपलब्ध हुने व्यवस्था गरेपछि सेवाग्राहीहरुलाई टिकट लिन हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता पनि हटेको छ ।

चर्चामा

सम्बन्धित समाचार