बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाद्धारा २५ सैया कोल्टी अस्पताल बनाउन पहल

बुढिनन्दा नगरपालिकाद्धारा २५ सैया कोल्टी अस्पताल बनाउन पहल

  • शनिबार, कार्तिक २४, २०८१
बुढिनन्दा नगरपालिकाद्धारा २५ सैया कोल्टी अस्पताल बनाउन पहल

बाजुरा– बुढिनन्दा नगरपालिकामा रहेको १५ सैयाको कोल्टी अस्पताललाई २५ सैयाको अस्पताल बनाउन पहल भएको छ । बुढिनन्दा नगरपालिकाको पहलमा २५ सैया अस्पताल बनाउन लागिएको हो । बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराको समन्वयमा अन्तराष्ट्रिय संस्था जिईआई यूएसएको सहयोगमा २५ सैया अस्पताल निर्माणका लागि पहल भएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।

बुढिनन्दा नगरपालिका र जिईआई यूएसए बिच समझदारी पत्रमा हस्ताक्षेर भएर काम अगाडी बढेको नगर प्रमुख जनक कुमार बोहराले बताए । कुन्ना तथा कणर्ाली क्षेत्रका १७ वटा स्थानीय तहका गरीब जनताको स्वास्थ्य समस्या समाधानका लागि नितान्त आबश्यक देखिएको र कोल्टीमा निर्माण गरिने २५ सैयाको अस्पतालको लागि सरोकारवाला सँग अन्तरक्रिया सँगै सहयोगी संस्था जिईआई यूएसएसँग समझदारी पत्रमा हस्ताक्षर भएको नगर प्रमुख बोहराले बताए । यसलाइ महत्त्वपूर्ण उपलब्धिका रुपमा लिएको नगर प्रमुख बोहाराले बताए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको । २०८० चैत्रमा कोल्टी अस्पतालको नामाकरण गरिए संगै अस्पतालका आधारभुत सेवाहरु बढाउन नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख बोहराले बताए ।
नागरिक बचाउनु जनप्रतिनिधिको पहिलो कर्तव्य भएकोले सोही अनुरुप नगरपालिकामा स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिहरहेको नगर प्रमुख बोहराले बताए । आफू निर्वाचित भईसके पनि स्वास्थ्यमा उल्लेखनिय सुधार भएको बताउदै स्वास्थ्यमा पुग्दो मात्रामा स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्नुका साथै   दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर भए पनि उपचारमा कमि नभएको र हुन नदिने  बताएका छन ।

May be an image of 12 people and text

कुण्डा क्षेत्रका चार वटा पालिका र छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका गरि १७ वटा पालिका विच अस्पताल निमाणर्को विषयमा छलफल भएको बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए । बुढीनन्दा नगरपालिका सहित स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ र हिमाली गाउँपालिकाको संयुक्त आयोजनामा छलफल सम्पन्न भएको हो । कुन्ना र कर्णाली क्षेत्रको स्वास्थ्य समस्या समाधानका लागि कोल्टिमा २५ सैया अस्पताल निमाणर् गर्ने सम्बन्धि सरोकारवालासंग छलफल भएकोे स्वास्थ्य संयोजक शाहीले बताए । यस अघि सुविधा सम्पन्न अस्पताल नहुँदा जटिल खालका विरामीलाई जिल्ला वाहिर पठाउनु परेको बताउदै अस्पताल निमाणर् भईसके पछि त्यो समस्या नहुँने बताएका छन । कोल्टी अस्पतालले हाल सम्म २ लाख जनसंख्यालाई सेवा दिइरहेको शाहीको भनाई रहेको छ ।

जीईआई, युएसए नामक संस्थासंग सम्झौता भएर अस्पताल निमाणर्को प्रक्रियाको थालनि हुने नगरपालिकाले जनाएको छ ।  दुर्गम बाजुरामा भौगोलिक विकटताको कठिनाईले सुत्केरीले बाटोमै बच्चा जन्माउने समस्याको अन्त्य गर्न २५ सैया अस्पताल बनेसंगै समस्या दुर हुदै जाने स्थानियको अपेक्षा रहेको छ । अस्पताल निमार्ण भएमा बाजुरा सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका गरि १७ पालिकाका १ सय ३५ वडाका नागरिक लाभान्दीत हुने छन ।

चर्चामा

सम्बन्धित समाचार