बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको एक विद्यालयमा देउसीभैलोबाट संकलित रकमले शिक्षकलाई तलबको व्यवस्था

बाजुराको एक विद्यालयमा देउसीभैलोबाट संकलित रकमले शिक्षकलाई तलबको व्यवस्था

  • शुक्रबार, कार्तिक २३, २०८१
बाजुराको एक विद्यालयमा देउसीभैलोबाट संकलित रकमले शिक्षकलाई तलबको व्यवस्था

बाजुरा —बाजुराको एक सामुदायिक विद्यालयमा देउसीभैलोबाट संकलित रकमले शिक्षकलाई तलबको व्यवस्था गरिएको छ । जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको पञ्चलक्ष्मी आधारभूत विद्यालयले देउसीभैलो खेलेर संकलन गरेको रकम सोहि विद्यालयमा निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलकको व्यवस्था गरिएको छ ।

उक्त विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिले यस बर्ष देउसीभैलो खेलेर संकलन गरेको एक लाख रुपैयाँ विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुका लागि तलवको व्यवस्था गरिने जनाएको छ । विद्यालयलय यस अघि पनि निजी शिक्षकहरुलाई विद्यालयको आन्तरिक स्रोतबाट तलव खुवाउदैँ आएको थियो ।

यस बिषयमा बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख राम बहादुर बोहराले कार्यपालिकाको बैठकको निणर्य बमोजिम विभिन्न बिषयमा पदपूर्तिका लागि ३७ कोटामा नगर स्वयंसेवक शिक्षकका लागि विज्ञापन गरिएको बताएका छन् । उनका अनुसार सोहि विज्ञापन अनुसार नगरपालिकामा निजी स्रोतबाट सञ्चालनमा रहेका विद्यालयहरुमा नगर स्वयंसेवक शिक्षक खटाइने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार