बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • देश
  • एमाले बाजुराको सचिवलय बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सर्वजनिक

एमाले बाजुराको सचिवलय बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सर्वजनिक

  • मङ्लबार, कार्तिक १३, २०८१
एमाले बाजुराको सचिवलय बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सर्वजनिक

बाजुरा १३ कार्तिक– नेकपा एमाले जिल्ला कमिटी बाजुराले पहिलो सचिवालय बैठकले गरेरका निर्णय पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नेकपा एमाले बाजुराको कार्तिक १२ गते पार्टीको नया कमिटी निर्बाचित भएपछिको पहिलो सचिवाले बैठक हो ।
सचिवालय बैठकले बिभिन्न निर्णय गर्दै कार्यसुचिका आधारमा जिम्मेवारी समेत बाडफाड गरेको छ । जसमा संगठन विभाग प्रमुख अमर बहादुर खड्का, पार्टी स्कूल विभाग प्रमुख जनक कुमार बोहरा, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख काँशी बहादुर बिक, स्थानीय विकास विभाग प्रमुख राम बहादुर बाँनियालाई जिम्मेवारी दिएको छ । त्यस्तै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजन कुमार रोकाया, सहकारी तथा गरिबी निवारण विभाग प्रमुख मनदेवी ओली, विपद् व्यवस्थापन तथा स्वयसेवा विभाग प्रमुख सिता थापा, स्वास्थ्य सेवा तथा जनसंख्या विभाग प्रमुख खडक बहादुर साउँद, शिक्षा तथा मानवस्रोत विभाग प्रमुख देवु कुमारी थापा, साहित्य, कला तथा संस्कृति विभाग प्रमुख विनोद बाजुरालीलाई तोकेको छ ।
त्यस्तै कृषि तथा पशुपंक्षी विकास विभाग, प्रमुख जंग बहादुर बिक, वन, वातावरण विभाग प्रमुख हिक्मत बहादुर थापा, खानेपानी तथा सरसफाई विभाग प्रमुख मनलाल दमाई, युवा तथा खेलकुद विभाग प्रमुख कृष्ण बहादुर बम, कानुन विभाग प्रमुख तुलाराम जैशी हरेका छन् । जनसंगठन परिचालन समन्वय सन्यन्त्र प्रमुख हरि बहादुर रोकायालाई जिम्मेवारी प्रदान गरेको कार्तिक १३ गते पत्रकार सम्मेलन मार्फत नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् ।
पार्टीले जिम्मेवारी संग पार्टीको नितिनियम अनरुपम बिभिन्न निर्णय समेत गरेको छ । जसमा जनसंगठन परिचालन समन्वय सन्यन्त्रका सदस्यहरुको मनोनयन गरिएको छ । पार्टीका आचारसंहिता कार्यान्वयन अनुगमन कार्यदल गठन गरेको छ । विकास योजना अनुगमन तथा सहजीकरण कार्यदल समेत गठन गरिएको पत्रकार सम्मन मार्फत जानकारी दिएको छ । मंसिर १६ गते हुने उप निर्बाचनमा स्वामीकार्तिक खापर गाउँपालिका गाउ कमिटीले सिफारिस गरेको पठाएको एकल निर्णयलाई जिल्ला समिटी सचिवालयको बैठकले प्रदेश समिटीलाई उपाध्यक्ष पदको उमेदवार सिफारिस गरेको सम्मेलन मार्फत जानकारी दिएको छ ।
त्यस्तै जिल्ला कमिटीका विभिन्न अभिलेखीकरण तथा योजना लिखित तयार गर्न सहयोगी कार्यदल गठन, पालिका र वडा अधिवेशन, वडा इन्चार्जहरुको कार्यसम्पादन, पालिका सभादलको वैठक र कार्यसम्पादनको समीक्षा, जिल्ला कमिटी सदस्यहरुको वरियताक्रम निर्धारण र जनप्रतिनिधिहरुको कार्यसम्पादन समीक्षा समेत सचिवालयको पहिलो बैठकमा गरेको पार्टी प्रचार प्रसार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार