सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • देश
  • स्वामिकार्तिकमा हुने उप निर्बाचनमा एमालेबाट बुढा सिफारिस

स्वामिकार्तिकमा हुने उप निर्बाचनमा एमालेबाट बुढा सिफारिस

  • शनिबार, कार्तिक १०, २०८१
स्वामिकार्तिकमा हुने उप निर्बाचनमा  एमालेबाट बुढा सिफारिस

बाजुरा– मंसिर १६ गते हुने उप निर्वाचानमा नेकपा एमालेबाट सुलोचना बुढालाई सिफारिस गरेको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको उम्मेदवारमा सुलचना बुढालाई नेकपा एमाले गाउँपालि कमिटीले सिफारिस गरि जिल्ला कमिटिलाई पठाएको गाउ कमिटीले जानकारी दिएको छ ।
स्वामिकार्तिक खापर गाउपालिकाको उपाध्यक्ष पदमा हुने उप निर्वाचनका लागि नेकपा एमाले स्वामिकार्तिक गाउ कमिटिको कार्तिक ८ गते बसेको तेस्रो बैठकले उपाध्यक्ष पदमा सुलचना बुढालाई सर्वसम्मत एकल उम्मेदवारीको निर्णयका साथ पठाएको नेकपा एमाले स्वामिकार्तिक गाउँ कमिटीले बताएको छ ।
सिफारीस गरि पठाएका उम्मेदवार बुढाको जिल्ला कमिटीले १२ गते पार्टीको बैठकले सिफारिस गरि प्रदेश कमिटिलाई पठाउने नेकपा एमाले जिल्ला कमिटि सचिव काशी बिकले बताएका छन । प्रदेशले कार्तिक १५ गते केन्द्रिय कमिटीलाई पठाएर कार्तिक २२ गते केन्द्रिय कमिटीले निर्णय गर्ने सचिव बिकले बताएको छ ।
२०७९ सालमा भएको स्थानिय तहको निर्माचनबाट नेपाली काँग्रेशबाट  निर्बाचिन उपाध्यक्ष मैना जोशीको मृत्यू भएपछि मंसिर १६ गते हुने उप निर्बाचनमा बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउपालिकामा निर्बाचन हुने भएको छ । बुढा ०७९ सालको निर्बाचनमा प्राजित उम्मेद्धार समेत हुन ।

चर्चामा

सम्बन्धित समाचार