मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाज
  • स्वामिकार्तिकका १ सय बढी मृतक मतदाताको नाम नामावलीबाट हटाइयो (सूचिसहित)

स्वामिकार्तिकका १ सय बढी मृतक मतदाताको नाम नामावलीबाट हटाइयो (सूचिसहित)

  • मङ्लबार, कार्तिक ६, २०८१
स्वामिकार्तिकका १ सय बढी मृतक मतदाताको नाम नामावलीबाट हटाइयो (सूचिसहित)

बाजुरा —बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका १ सय बढी मृतक मतदाताको नाम नामावलीबाट हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै गाउँपालिकाको ३ वटा वडाका १ सय १ जना मृत्यु भएका मतदाताको नाम नामावलीबाट हटाइएको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३ का ४१, वडा नम्बर ४ का ४८ र वडा नम्बर ५ का ११ जना मृत्यु भएका मतदाताहरुको नाम नामावलीबाट हटाइएको जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका मतदाता नामावली अद्यावधिक गर्नका लागि तोकिएको समयावधि असोज २ देखि कार्तिक ५ गतेसम्म पालिकाका ३,४ र ५ वडाले मात्रै अद्यावधिक गरेका छन् ।

सरकारले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद सहित देशका अन्य स्थानीय तहमा रित्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

२०८० माघ ४ गते स्वामिकार्तिक खापर गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मैना जोशीको निधन भएपछि सोहि पदमा उपनिर्वाचन हुदै छ । स्वर्गीय गाउँपालिका उपाध्यक्ष जोशी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुदै उपचारको क्रममा निधन भएको थियो । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

May be an image of ticket stub, blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

चर्चामा

सम्बन्धित समाचार