• होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुरामा एक महिना देखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सुचारु

जिल्ला अस्पताल बाजुरामा एक महिना देखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सुचारु

  • मङ्लबार, अशोज २९, २०८१
जिल्ला अस्पताल बाजुरामा एक महिना देखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सुचारु
तस्विरः बडीमालिका खबर

बाजुरा —जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेसिनमा समस्या आएपछि बन्द भएको सेवा पुनः सुचारु भएको हो ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले केहि दिनदेखि बिग्रिएको अक्सिजन प्लान्ट  मेसिन मर्मत र सिलिन्डर भरेपछि सेवा निरन्तर सुचारु भइरहेको छ । उनका अनुसार करिब एक महिनासम्म सेवा बन्द भएपनि मेसिन मर्मत गरेर दशैं अगाडि नै सुचारु भइसकेको छ ।

अस्पतालमा एक महिनासम्म अक्सिजन प्लान्ट बन्द हुँदा अक्सिजन लगाउनुपर्ने बिरामीहरुका लागि अछामको बयालपाटा अस्पतालबाट ल्याउनुपर्ने बाध्यता भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार