बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथको १० शैप्या अस्पताल पुर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन हुने

जगन्नाथको १० शैप्या अस्पताल पुर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन हुने

  • बिहिबार, अशोज १७, २०८१
जगन्नाथको १० शैप्या अस्पताल पुर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन हुने

बाजुरा-– बाजुराकाे पुर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिकामा निर्माण गरिएको १० शैप्या अस्पतालको भवन पुर्व परराष्टमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले उद्धघाटन गर्ने भएका छन् ।

भवनकाे शुक्रबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने जगन्नाथ गाउँपालिकाले जनाएकाे छ। गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण गरिएको १० शैप्याको अस्पताल भवन पुर्व परराष्टमन्त्री ज्ञवालीले भालि ११ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेकाे गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए ।

२०७८ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा १० शैप्या बराबर अस्पताल निर्माण गर्ने योजना बनाएको थियो ।
जिल्लाका अन्य ८ वटा स्थानीय तहमा १० सैया अस्पतालन निर्माण गर्न नसकिएको भएपनि जगन्नाथ गाउँपालिकाले भने अस्पताल निर्माणको काम सम्पन्न गरेर यस अघि नै सेवा संचालनमा ल्याईसकेको छ ।

अस्पताल निर्माणको ठेका खड्का पूर्णा जेभीले लिएको थियो । दश करोड लागतमा उक्त अस्पतालको भवन निर्माण गरिएको हो । दुर्गमका नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको उक्त अस्पतालमा अहिले जगन्नाथ गाउँपालिकासहित स्वामीकार्तिक सहित छिमेकी जिल्ला कालीकाेट र मुगुका केहि स्थानीय तहका नागरिकहरुले समेत स्वास्थ्य सेवा लिईरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार