शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरा जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बाजुरा जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  • शुक्रबार, अशोज ११, २०८१
बाजुरा जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

टेक बहादुर बुढा —बाजुरा जिल्ला स्तरीय दोस्रो चरणको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा आर्थिक बर्ष २०८०।०८१ मा भए गरेका कार्य प्रगतिबारे समिक्षा गर्न कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति बाजुराका निमित्त कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले कम्तिमा एक पटक जिल्लाका पालिका तथा कार्यालयसँगै सरोकारवालाहरुको सहभागीतामा जिल्ला स्तरिय बार्षिक समिक्षा गर्नुपर्ने व्यवस्था भएकाले कार्यक्रम गरिएको बताएका छन् । समन्वयले भदौ २० गते जिल्ला स्थित विभिन्न कार्यालयहरुसँग समिक्षा गरेर आज स्थानीय तह, बाँकी रहेका सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालाहरुको सहभागीतामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको निमित्त कार्यालय प्रमुख पाण्डेले बताए ।

कार्यक्रममा जिल्लाका नौ मध्ये ६ वटा पालिका त्रिवेणी, बुढीगंगा, बडिमालिका नगरपालिका, खप्तड छेडेदह, हिमाली र स्वामिकार्तिक खापर गाउँपालिकाले गत आर्थिक बर्षमा भए गरेका बार्षिक प्रगतिको प्रस्तुतिकरण गरेका थिए । त्यस्तै शहरी विकास तथा भवन कार्यालय डोटी,डिभिजन बन कायाृलय बाजुरा, गिफ्ट नेपाल बाजुरा, पीसविन, महिला विकास मञ्च र एकिकृत विकास समाज नेपालले पनि बार्षिक प्रगति प्रतिवेदनको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा जगन्नाथ र गाैमुल अनुपस्थिति थिए भने बुढीनन्दा सहभागी भएपनि प्रतिवेदन पेश गरेन् ।

बार्षिक समिक्षा कार्यक्रममा सहभागीहरुले शहरी विकास तथा भवन कार्यालयबाट जिल्लामा सञ्चालित अधिकांश योजनामा सो कार्यालय तथा ठेकेदारको लापरबाहीले काम नगरेर बजेट फिर्ता गएपनि शहरी कार्यालयले समिक्षा कार्यक्रममा जग्गा विवाद लगायतका कारणले काम गर्न नसकिएको उल्लेख गरेको भन्दै प्रश्न गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले स्थानीय तहबाट सञ्चालित हुने आयोजनाहरुको जिल्लाका सबै सरोकारवाला निकायको स्थलगत अनुगमन गरेर अन्तिममा समिक्षा कार्यक्रम गर्नुपर्ने बताएका छन् । त्यस्तै समन्वयले हरेक बर्ष गर्ने समिक्षा कार्यक्रम निष्कर्ष बिहिन जस्तै हुने गरेको भन्दै आवको सुरुमै सरोकारवालाहरुविच विकास निर्माणका बिषयमा छलफल गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

जिल्ला समन्वय समिति उप प्रमुख लाछु सार्कीको अध्यक्षतामा सुरु भएको बार्षिक समिक्षा कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा पुर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापाको प्रमुख अथिति रहेका थिए ।

त्यस्तै कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, सशस्त्र प्रहरी बल बाजुराका डिएसपी श्याम रावत, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका निमित्त कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार