• होमपेज
  • बाग्मती प्रदेश
  • अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्षमा निराजन थापा निर्वाचित

अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्षमा निराजन थापा निर्वाचित

  • सोमवार, भदौ ३१, २०८१
अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्षमा निराजन थापा निर्वाचित

काठमाडौं– अनेरास्ववियु काठमाडौं भुगोल जिल्ला कमिटीको ऐतिहासिक चौथो अधिवेशन साथ सम्पन्न भएको छ । अधिबेशनबाट ननिराजन थापा अध्यक्षता नया नेतृत्व आएकाे छ ।

कमिटीमा निराजन थापा अध्यक्ष, उपअध्यक्षमा अमन केशी, सिर्जना खड्का, रुषम न्याैपाने र सुगन्धराम श्रेष्ठ, सचिवमा शिरिस पाैडेल, सह सचिवमा एरिका न्याैपाने, काेषाअध्यक्ष उमेश रम्तेल, कार्यालय सचिव कमल अधिकारी लगायत ३१ सदस्यिय कमिटी सर्वसम्मत निर्वाचित भएकाे  अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य धर्मराज तिमिल्सीनाले बताएका छन ।

 नव निर्वाचित अध्यक्ष निराजन थापा नेतृत्वको नयाँ कमिटी सर्वसम्मत निर्वाचित भैसके पछि कमिटीलाई पुनर्जीवन दिएको र ऐतिहासिक रुपमा काठमाडौंकै सतप्रतिशत स्थानीय युवाहरूलाई कमिटीमा सर्वसम्मत निर्वाचित गरिएको केन्द्रिय सदस्य  तिमिल्सिनाले बताएका छन ।

  काठमाडौं भुगोल जिल्ला कमिटी भनिए पनि काठमाडौं भुगोल बाहिरका विद्यार्थीहरुले कमिटी कब्जा गरि आफ्नो रजगज गर्ने गरेको थियो । काठमाडौं भुगोल जिल्ला कमिटी जुन उद्देश्य बोकेर गठन गर्ने परिकल्पना गरिएको थियो सो अनुरूप कमिटी गठन हुन नसकेको कमिटीलाइ नया ढग‌ बाट अगाडी बढाउने नया कमिटीले जनाएकाे छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य धर्मराज तिमिल्सीनाले काठमाण्डौ जिल्लाको इन्चार्जको जिम्मेवारी प्राप्त गर्दा माइन्युट विहिन फर्जी, कोमामा पुगेको कमिटी थियो, विधि विधान एकातिर, माइन्युट विना मनपरी ढंगले कमिटी चलेको अवस्था रहेकामा अव बिधी र बिधान बमाेजिम चलाउने किमटीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार