• होमपेज
  • समाज
  • हिमाली गाउँपालिकाद्धारा बजार अनुगमन

हिमाली गाउँपालिकाद्धारा बजार अनुगमन

  • आइतवार, भदौ ३०, २०८१
हिमाली गाउँपालिकाद्धारा बजार अनुगमन

बाजुरा —बाजुराको हिमाली गाउँपालिकाले बजार अनुगमन गरेको छ । गाउँपालिकाले चाडपर्व नजिकिएसँगै धुलाचौर लगायतका बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद सकिएका दैनिक उपभोगका सामान तथा औषधिजन्य सामानहरु बरामद गरि नस्ट गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

चार्डपर्व लक्षित बजारमा हुन सक्ने कालोबजारी र म्याद नाघेका सामानहरु बिक्री हुन सक्ने भन्दै अनुगमन कार्यलाई तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार