• होमपेज
  • समाज
  • स्वामिकार्तिक खापर गाउँपालिकामा असोज १ गते स्थानीय बिदा

स्वामिकार्तिक खापर गाउँपालिकामा असोज १ गते स्थानीय बिदा

  • आइतवार, भदौ ३०, २०८१
स्वामिकार्तिक खापर गाउँपालिकामा असोज १ गते स्थानीय बिदा

बाजुरा —बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले असोज १ गते मंगलबार स्थानीय बिदा दिएको छ । भाद्र १४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार आगामी मंगलाबार गाउँपालिकाभर स्थानीय बिदा दिइएको हो ।

आइतबार गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर ४ वाईमा लाग्ने धार्मिक तथा साँस्कृतिक महत्व बोकेको महान चौदशी मेलाको अवसरमा स्थानीय बिदा दिइएको जनाएको छ ।

स्थानीय बिदाको दिन गाउँपालिकाको कार्यालय तथा अन्तर्गतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार