• होमपेज
  • गृह सजावट
  • पाँच दिनमै फेरि बढ्यो अन्डाको भाउ

पाँच दिनमै फेरि बढ्यो अन्डाको भाउ

  • बिहिबार, भदौ १३, २०८१
पाँच दिनमै फेरि बढ्यो अन्डाको भाउ

काठमाडौं —पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।

लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।

अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।

यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ तय गरेको थियो ।

यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो ।

चर्चामा

सम्बन्धित समाचार