• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको हिमाली गाउँपालिका गोरु खर्कमा पहिरो खस्दा ४ जना घाईते,दर्जनाै पशु चाैपाया च्यापिए

बाजुराको हिमाली गाउँपालिका गोरु खर्कमा पहिरो खस्दा ४ जना घाईते,दर्जनाै पशु चाैपाया च्यापिए

  • शनिबार, साउन २६, २०८१
बाजुराको हिमाली गाउँपालिका गोरु खर्कमा पहिरो खस्दा ४ जना घाईते,दर्जनाै पशु चाैपाया च्यापिए

बाजुरा– जिल्लाको हिमाली गाउँपालिका वडा न ३ बौडी स्थित गोरु खर्कमा पहिरो जादा ४ जना घाईते भएको छन् । बिहान ९ बजेतिर बर्षासंगै गोरुखर्कमा पहिरो खसेकाे र पहिराेमा परि ४ जना घाईते भएका हुन ।

गोरु खर्कमा पहिरोमा परि घाईते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले बडिमालिलका खवरलाइ जानकारी दिएका छन । ३० परिवारकाे बसाेबास रहेकाे सो ठाउँमा पशुचौपाया समेत पुरीएको वडा अध्यक्ष बुढाले बताएका छन । घाइतेकाे उद्धारका लागि पहल भइरहेकाे र आफु घटना स्थलमै रहेकाे वडा अध्यक्ष बुढाले बताएकाछन ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलिप गिरीका अनुसार सो ठाउँमा प्रहरीको टोली गइसकेको र दुरीको हिसावमा धेरै टाढा रहेकोले प्रहरी नपुग्दा सम्म क्षेतीको एकिन बिवरण प्राप्त नभएको बताएका छन । ४ जना घाईते र पशु चौपाया पहिरोमा पुरीएको जानकारी आएको भए पनि एकिन बिवरण आउन केही समय लाग्ने प्रहरी प्रमुख गिरीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार