शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

  • सोमवार, साउन ७, २०८१
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

 नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका छन् ।

नेकपा माओवादी जोखबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिए थिए ।

चर्चामा

सम्बन्धित समाचार