शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाले एसईईकाे ग्रेडवृद्वी परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

बुढीगंगा नगरपालिकाले एसईईकाे ग्रेडवृद्वी परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

  • शुक्रबार, असार २१, २०८१
बुढीगंगा नगरपालिकाले एसईईकाे ग्रेडवृद्वी परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

बाजुरा— बाजुराकाे  बुढीगंगा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक (ग्रेडवृद्वी) परीक्षा‍‌‌मा सहभागी हुने विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असार २२ गतेबाट सामुदायिक विद्यालयबाट एसईईकाे मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयमा निःशुल्क परीक्षा विशेष तयारी कक्षा सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।

नगरपालिकाले नगरका दुई स्थान बडीमालिका क्याम्पस फालासैन र त्रिशक्ती माध्यामिक विद्यालय बाह्रबिसमा तयारी कक्षा सञ्चालन गर्ने नगर प्रमुख राम बहादुर बानियाले बताए ।

नगरभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई आफ्नो पायक पर्ने स्थानमा निःशुल्क तयारी कक्षामा सहभागी नगरपािलकाले सूचना मार्फत आग्रह गरेको छ ।
 

चर्चामा

सम्बन्धित समाचार