• होमपेज
  • समाचार
  • राष्ट्रिय सभाको उपाध्यक्षमा आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभाको उपाध्यक्षमा आज उम्मेदवारी दर्ता हुँदै

  • मङ्लबार, चैत्र २७, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षमा आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारीको दर्ता हुँदैछ। बुधबार हुने उपाध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार मनोनयन दर्ताका लागि आज बिहान ११:४५ बजेदेखि १:४५ बजेसम्म समय तालिका तोकिएको छ। निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो नै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ। उक्त प्रस्तावलाई राष्ट्रिय सभाको चैत २८ गते बुधबार बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।

२०७९ माघ ३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले चैत्र १५ गते राजीनामा दिएकी हुन्। एमाले नेतृत्वको नयाँ समीकरण बनेपछि चार दलबीच राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो। सोही अनुसार गणेश तिमल्सिनाको कार्यकाल सकिएपछि राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका थिए।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले एक जना मनोनित गर्न बाँकी रहेको छ। अहिले संसदमा नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ८, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका १/१ र २ जना मनोनीत सदस्य छन्। राष्ट्रिय सभामा नयाँ सत्ता समीकरणको बहुमत छ।

चर्चामा

सम्बन्धित समाचार