लथालिङ्गै छ बाटो उस्तै साधन सवारी हुन्छन्,
कतै पहाड हुन्छन् त कतै ढुङ्गाकै घारी हुन्छन्।
उफ्!नेपालीको जिन्दगी अकाल मै गयो चोला,
दुर्घट्ना कहिले डाँडा वारि कहिले पारी हुन्छन्।
खै किन भन्छन् बैकुण्ठमा बास हुन्छ मरेपछि,
लाग्छ कथा सुनाउँने मानिसक बिमारी हुन्छन्।
भनौँ त कसले देखेको हुन्छ बैकुण्ठ नगर त्यो,
नबोलौँ यस्ता झुटा सबैलाई झुट भारि हुन्छन्।
थाह छ देशलाई ठेकेदार नै चलाउँछ सधै भरी,
त्यसैले त जताततै देशभित्र भ्रष्टाचारी हुन्छन्।
दुर्घटामै मर्छन् निर्दोश जनता दिनानु दिन याहाँ,
हुँदैन बिमा पनि देशका नेतानै अल्लारी हुन्छन्।