मेला पर्व आए र गए घर संसार उस्तै छ,
गरिबलाई ऋण लाग्यो साहुकार उस्तै छ।
यो दुनियाँमा केहीछैन कथा तिम्रो हाम्रो,
गरिबलाई देश बिदेशमै दिक्दार उस्तै छ।
रेश लगाउँछौँ बोकेर यि आँखामा सपना,
टुक्राटुक्रा हुन्छन् सपना व्यबहार उस्तै छ।
खै कमाईले पुग्दैन तन मन खियायो सधै,
मन्मा आउँने तुफानको रफ्तार उस्तै छ।
जन्मिए छोरा छोरी घर पनि भरिलो भयो,
हुँन सकिन हलुङ्गो कांधको भार उस्तै छ।
तिमिले जति देशभक्ती भावना पोखे पनि,
भएन समाधान स्वार्थ मै मारामार उस्तै छ।